हत्या आरोपीलाई हेलिकोप्टरबाट गोरखा सदरमुकाम ल्याइयो !
गोरखाको उत्तरी गाउँपालिका चुमनुव्री–१ का निमा दोर्जे लामा (३८)लाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
तेञ्जेन लामा (६८) लाई हत्या गरेको आरोपमा पक्राउ परेका लामालाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो । आफूलाई वालुवा चारेको आरोप लगाएपछि तेञ्जेनको हत्या गरेको दोर्जेले स्वीकार गरेका छन् ।
प्रहरीका अनुसार, चुमनव्रीबाट सदरमुकाम आउन धेरै दिन लाग्ने भएकाले शव र हत्या अभियुक्त दुवैलाई हेलिकोप्टरबाट सदरमुकाम ल्याइएको हो ।