पाकिस्तानी एजेन्ट, जसले सन्दीपसहित पाँच नेपाली क्रिकेटरको नाम दर्ता गरिदियाे
पाकिस्तानी एजेन्ट साया कर्पोरेसनले सन्दीप र सोमपाल कामीसहित दिपेन्द्रसिंह ऐरी, रोहित पौडेल र शरद भेषवाकरको नाम पनि दर्ता गराएको छ।
छोटो फर्म्याटको टी–१० क्रिकेट टीमको घोषणा केही दिनमा हुँदैछ । अन्तर्राष्ट्रिय फ्रेन्चाइजी लिगका अनिवार्य सदस्य बनिसकेका सन्दीप लामिछानेले यो प्रतियोगिता खेलिसकेका छन् ।
यसपटक पनि सन्दीपको नाम दर्ता भएको छ । सन्दीप लामिछानेको नाम पाकिस्तानी एजेन्टले दर्ता गराएको हो । यसअघि पनि विभिन्न लिगहरुमा सन्दीपको नाम यही पाकिस्तानीय एजेन्टले दर्ता गराउँदै आएको थियो ।
यसअघि ग्लोबल टी–२० मा सोमपाल कामीको नाम पनि यही एजेन्टले दर्ता गराएको हाे ।
फ्रेन्चाइजी लिगमा खेलाडीको नाम दर्ता गराएबापत एजेन्टले केही शुल्क लिने गर्छ ।