अब सबै चाडपर्वमा नोट सटहीको सुविधा, दशैंमा सुकिला नोट
नेपाल राष्ट्र ब्यांकले दशैं बाहेक अन्य चाडपर्वमा समेत नयाँ नोट सटहीको सुविधा दिने भएको छ ।
ब्यांकले यसअघि दशैंमा मात्रै नयाँ सटही नोटको सुविधा दिदै आएको थियो । तर, अब नोट सटहीलाई पनि समावेशी बनाउन गाईजात्रा, गौरा पर्व, तीज, उभौली, नयाँ वर्ष, छठ, जितिया पर्व, माघीजस्ता चाडमा पनि नयाँ नोट सटहीको सुविधा गरिने भएको हो ।
राष्ट्र ब्यांकले यो दशैंका लागि नयाँ नोट छपाइको काम शुरु गरेको छ । ब्यांकले यसपटक पनि सटहीसँगै सुकिला नोटको समेत व्यवस्था गर्ने भएको छ ।