टेष्ट राष्ट्रसँग नेपाली स्टार क्रिकेटरहरुको परीक्षा
यू–१९ एसिया कप बिहीबार शुरु हुँदैछ । तर, नेपाली टोलीले शुक्रबार मात्रै पहिलो खेल खेल्दैछ, आयोजक श्रीलंकासँग ।
श्रीलंका टेष्ट मान्यता देश हो, जहाँ विश्वकप खेलिसकेका क्रिकेटरहरु छन् । नेपालले श्रीलंकाविरुद्ध मैत्रीपूर्ण खेल खेलेको छ, सिक्ने उद्देश्यका लागि ।
त्यसैले यसपटक श्रीलंकाविरुद्धको प्रतिश्पर्धालाई सकारात्मक खेल भनिएको छ । एसिया कप त्यसै पनि नेपालका लागि सिक्ने ठाउँ हो । किनभने, टेष्ट मान्यता प्राप्त देशविरुद्ध नेपालले खेल्नुपर्नेछ ।
तर, नेपालका लागि परीक्षा भने स्टार क्रिकेटरहरुका लागि पक्कै छ । नेपालका कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले जस्तो रेकर्ड बनाएका छन् । त्यसलाई जोगाउँदै नेपाललाई इतिहास रच्ने अवसर पनि छ ।