लिभरपुल यूरोपको सर्वाधिक पावरफुल क्लब, बार्सिलोना तेस्रो स्थानमा
यूरोपियन क्लब फुटबलको पावर बरियता सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार लिभरपुल शीर्ष स्थानमा रहेको छ ।
अघिल्लो सिजन भन्दा १५औं स्थान माथि उक्लदै लिभरपुल सर्वाधिक पावरफुल क्लब बनेको हो । च्याम्पियन्स लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुलले २०७७ अंक पाएको छ ।
दोस्रोमा २०३३ अंकसहित म्यानचेस्टर सिटी, तेस्रोमा १९८४ अंकसहित बार्सिलोना, चौंथोमा १९४५ अंकसहित बार्यन म्यूनिखले स्थान बनाएको छ ।
पाँचौंमा एट्लेटिको मड्रिड, छैटौंमा आयक्सले स्थान बनाएको छ । इटालियन क्लब युभेन्टसले सातौं स्थानमा छ भने लिपजिग आठौं, पीएसजी नवौं र दशौं स्थानमा पोर्टो परेको छ ।
चर्चित क्लबहरु चेल्सी, रियल मड्रिड, म्यानचस्टर युनाइडेट र आर्सनलले भने शीर्ष दशमा स्थान बनाउन सकेनन् ।