प्यूठानमा दिनभर प्रदर्शन
संविधान संशोधन विधेयकको विरोधमा प्यूठानमा आज पनि दिनभर प्रदर्शन भएको छ ।
बन्द आव्हान गरिएको चौथो दिन पनि जिल्लाको बजार, यातायात, शैक्षिक संस्था ठप्प छन् ।
प्यूठानको खलंगा, विजुवार, बाहाने लगायत क्षेत्रमा जुलुश प्रदर्शन समेत भएको छ ।
आन्दोलनमा जिल्लामा सक्रिय सबै राजनीतिक दलका कार्यकर्ताहरु साथै उद्योग वाणिज्य संघ समेतको सहभागिता छ ।
पार्टी सरकार साझेदार भए पनि सिमांकन हेरफेरको विषय जनभावना विपरित भएकाले आन्दोलनलाई साथ दिएको नेपाली कांग्रेस प्यूठानका सभापति अमर भण्डारीले बताए ।
“पार्टीका शिर्ष नेताहरुसँग व्यक्तिगत पनि कुरा भैरहेको छ,” उनले भने, “झापा, मोरङ, कैलाली, कञ्चनपुरलाई किन संशोधन गर्नुभएन भन्छु नेताहरुसँग भो व्यंग्य नगर्नुहोस् भन्छन् ।”
बन्दका कारण सरकारी कार्यालयमा सेवाग्रही नहुँदा ती कार्यालयहरु पनि ठप्प जस्तै छन् ।
विजयसिंह भारती, प्यूठान