डा केसीसँग भएका सम्झौता शिघ्र पूरा गर्न अलायन्सको माग
सोलिडारिटी फोर डा केसी अलायन्सले सरकारले डा गोविन्द केसीसँग गरेका सम्झौता यथाशिघ्र कार्यान्वयन गर्न माग गरेको छ ।
आज, २६ साउनमा विज्ञप्ति जारी गर्दैै अलायन्सले अब बस्ने मन्त्रिपरिषदको बैठकले चिकित्सा नीतिलाई सम्झौता अनुसार संसोधन गरी संसदको जारी अधिवेशनबाट पारित गर्न माग गरेको छ ।
“ डा केसीसग भएका सम्झौताहरु लागु गर्न गरिने आलटाल नागरिकहरुको संबैधानिक अधिकारमाथिको ठाडो खेलवाड हो र राज्य पक्षको इमान्दारिताको एउटा ठूलो परीक्षा पनि यो हो ,” विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोगको प्रक्रिया अघि बढाउन पनि व्यवस्थापिका संसदसँग माग गरेको छ ।
“ हामीलाई अझै पनि विश्वास छ देशको सर्बोच्च निकाय संसदले लोकमान सिंह कार्की माथि लागेका अभियोगहरुको गंभीरतालाई आत्मसात गर्दै, तिनमाथि छानबिन र छलफल गदै महाभियोगको प्रक्रियालाई अगाडी बढाउने छ । यो विषयमा अहिलेसम्म देखिएको शिथिलता र मौनता रहस्यमय र आपत्तिजनक छ।” विज्ञप्तिमा उल्लेख छ ।