उपकप्तान मल्लले पाँच राष्ट्रबीचको टी–२० सिरिज नखेल्ने
ओमानमा आगामी असोजमा हुने पाँच राष्ट्रबीचको टी–२० क्रिकेट सिरिज नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले नखेल्ने भएका छन् ।
उनले व्यक्तिगत कारण देखाउँदै नखेल्ने जनाएका छन् । ओमान, नेपाल, हङकङ, नेदरल्यान्ड्स र टेष्ट राष्ट्र आयरल्याण्ड सिरिज खेल्दैछ । खेल १८–२३ असोजमा हुनेछ ।