समाचारसोमबार, १६ भाद्र , २०७६

जनताको मुद्दा कांग्रेसले नबोकेपछि रवि लामिछाने रोजेः गगन थापा

हिमालखबर

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मुख्यालय सानेपामा २२ असारयता लगातार बैठक बसिरहेको छ ।

अन्तरिम संगठन विधान पारित गरेपछि कांग्रेस बैठक भातृ संगठनतिर केन्द्रीत भएको छ । तर, २८ माघयता विघटित अवस्थामा रहेको नेवि संघको अन्तरिम नेतृत्व टुंग्याउन सकेको छैन ।

नेताहरुले भने समसामयिक विषय बैठकले लगातार उठाउँदै आएका छन् । आइतबारको बैठकमा नेपाली कांग्रेसका युवा नेता गगन थापाले टेलिभिजन प्रस्तोता रवि लामिछानेको प्रसंग उठाए । उनले कांग्रेसले आफ्नो कमजोरी सुधार्न नसक्दा रविहरुका पछाडि जनता देखिन थालेको बताए ।

थापाले भने, “रवि लामिछानेका समर्थकहरुको आक्रोश सरकारसँग मात्रै होइन, प्रतिपक्षीसँग पनि छ ।” जनताको मुद्दा कांग्रेसले नबोकेपछि रवि लामिछाने रोजेको नेता थापाले बताए ।

बैठकमा नेताहरु महेश आचार्य, प्रदीप पौडेल, रमेश रिजाल, मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, अर्जुन जोशी, भीष्मराज आङ्दम्वेलगायतले बोलेका थिए । अर्को बैठक १७ भदौमा राखिएको छ ।

प्रतिकृया दिनुहोस