थप समाचारआइतबार, १५ भाद्र , २०७६

अमेरिका र चीन व्यापार युद्ध झनै चर्कियो

हिमालखबर

चीन र अमेरिकाबीच व्यापार युद्ध चर्किएर गएको छ । एक देशले अर्कोलाई थप कर लगाउन बढाउने क्रम रोकिएको छैन ।

१४ महीनादेखि शक्तिशाली दुई देशबीच ब्यापार युद्धमा संघर्ष गर्दै आएका छन् । अमेरिकाले आइतबारदेखि एक सय १० अर्व डलर बराबरका सामग्रीमा १५ प्रतिशतसम्म कर लगाएको छ ।

अमेरिकाले घरायसी सामग्रीहरुमा कर बढाएको हो । आगामी १५ डिसेम्बरदेखि अन्य सामग्रीमा पनि कर बढाउने जनाएको छ ।

जवाफमा चीनले पनि आइतबारबाटै लागू हुनेगरी ७५ अर्ब डलर बराबरको अमेरिकी सामग्रीमा १० प्रतिशतसम्म कर लगाएको छ ।

 

प्रतिकृया दिनुहोस