खेलकुदशनिबार, ७ भाद्र , २०७६

विराटन टाइटस्नका कप्तान सन्दीप लामिछाने यस पटक पीपीएल नखेल्ने

हिमालखबर

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पोखरा प्रिमियर लिग (पीपीएल) नेखेल्ने भएका छन् । अघिल्लो सिजनमा विराटनगर टाइटन्सका कप्तान बनेका सन्दीप लामिछानेले यस पटक भने पीपीएल नै नखेल्ने भएका हुन् ।

क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि अनुबन्धित भइसकेका सन्दीपले पीपीएल खेल्न नपाउने भएका हुन् ।

सीपीएलमा बार्बाडोसमा सन्दीप ७० हजार डलरमा अनुबन्धित भएका छन् । सीपीएल र पीपीएलको समय जुधेकाले सन्दीपले स्वदेशी प्रतियोगिता पीपीएल नखेल्ने भएका हुन् ।

सीपीएलसँगै सन्दीपले यूएईमा हुने टी–१० क्रिकेट लिग र अफगानिस्तान प्रिमियर लिग खेल्नेछन् ।

प्रतिकृया दिनुहोस