लिभरपुलकाे अपराजित यात्रा कायमै
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति भएको खेलमा लिभरपुलसँग बर्नली ३–० गोल अन्तरले पराजित हुन पुग्यो ।
लिभरपुलका लागि माडियो माने र रोबर्टो फिर्मिन्होले गोल गरेका थिए । बर्नलीका खेलाडीबाटै आत्मघाती गोल भएपछि लिभरपुलले अग्रता लिएको थियो ।
३३औं मिनेटमा आत्मघाती गोल उपहार पाएको लिभरपुलका लागि साडियो मानेले ३७औं मिनेटमा गोल थप गरेको थियो ।
पहिलो हाफमा २–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको ८०औं मिनेटमा गोल थप्यो । लिभरपुलका लागि फिर्मिन्होले गोल गरेका थिए ।