एटीएमबाट पैसा चोरी गर्ने पाँच चिनियाँ नागरिक पक्राउ
एटीएम कार्ड प्रयोग गरी पैसा चोरी गर्ने पाँच चिनियाँ नागरिकलाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । दरबारमार्गबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी टोलीले एक जनालाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा थप चार जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर समेत बरामद गरिएको छ ।
उनीहरु १३ भदौमा काठमाडौं आएको प्रहरीले जनाएको छ ।