होन्डाको बीआर–भी नेपालमा
नेपालमा होन्डा गाडीको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि (एसटिसिले) नयाँ मोडलको होन्डा बीआरभी (बोल्ड रनअबाउट भेहिकल) बजारमा ल्याएको छ । सात सीट क्षमताको एसयुभी बिआर–भीको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ ।
यो स्पोर्टस् युटिलिटी भेइकलमा हिट एबजर्बिङ विन्डसिल्ड, प्याडल शिफ्टर भएको सीभीटी, सेकेण्ड रो स्लाईडिङ र रिसाईक्लिङ फङसन, थर्ड रो सिटिङ विथ रिसाईक्लिङ फङसन्, बोल्ड तथा स्पोर्टी स्ट्यान्स, शक्तिशाली परफरमेन्स र उच्चकोटीको प्रिमियम इन्टेरियर सहितको उत्कृष्ट माईलेज लगायतका विशेषता छन् ।
१६ भल्भ, चार सिलिण्डर, फस्र्ट—इन—क्लास कन्टिन्युअस्ली भेराइबल ट्रान्समिसन, अगाडिबाट बोल्ड र चौडा स्ट्यान्स दर्शाउने बीआर–भीमा प्रोजेक्टर हेडल्याम्पस्, फ्रन्ट ग्रिल डिजाइन, १६–ईन्चको एल्मिनियम व्हील्स् छ । यसबाहेक अत्याधुनिक इन्टेरियर सामाग्रीहरु एन्ट्री सहितको पुस बटन स्टार्ट, इन्टिग्रटेड ह्यान्डस् फ्रि टेलिफोन, ब्लुटुथ अडियो सिस्टम र अडियोको लागि स्टेरिंग माउन्टेड कन्ट्रोल, अटोमेटिक एअर कन्डिसनर, मल्टी इन्फरमेसन डिस्प्ले पनि कारमा उपलब्ध छन् ।
४४५६ एमएम लामो बीआर–भी १७३५ एमएम चौडा र १६६६ एमएम अग्लो छ । यो गाडीको मूल्य रु. ३९ लाख ९९ हजारदेखि उपलब्ध छ ।