प्रहरी अधिकृतको नाममा इमेल पठाएर ठगी गरेको आरोपमा दुई युवक पक्राउ
प्रहरी अधिकृतको नाममा इमेल पठाएर ठगी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्।
‘तपाईंको आईपी ठेगानाबाट चलेका विद्युतीय सामग्रीमा अश्लील सामग्रीहरू हेरेकाले यसको रेकर्ड हामीसँग छ।’
तपाईंको इमेलमा पक्कै पनि प्रहरीको उच्चपदस्थ वा प्रहरी कार्यालयको नाममा यस्तो चिठी आएका होला। यदि यस्तो इमेल आइरहेको छ भने बुझ्नुहोस्, त्यो अनलाइन ठगहरूको प्रपञ्च हो।
नेपाल प्रहरीका उच्चपदस्थहरूको नाम, दर्जा उल्लेख गरी इमेल पठाएर ठगी गर्नेहरू सक्रिय रहेको प्रहरीले जनाएको छ। यस्तै आरोपमा साइबर ब्यूरोले दुई जनालाई पक्राउ पनि गरेको छ।
ब्यूरोले माघ २० गते सुनसरीका २० वर्षीय मनीषकुमार मेहता र २१ वर्षीय इन्द्रजित यादवलाई पक्राउ गरेको छ। उनीहरू प्रहरी कार्यालयको लोगो, प्रहरीका उच्चपदस्थ व्यक्तिहरूको नाममा नक्कली चिठी पठाएर अनलाइन ठगीमा सामेल भएको पाइएको ब्यूरोले जनाएको छ।
धम्कीपूर्ण इमेल पठाएर पैसा दिए मिलाइदिने भन्दै अनलाइनबाट कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकारीले जनाएका छन्।
यो पनि पढ्नुहोस् : नेपालीको ब्यांक खाताबाट अर्बौं साइबर डकैती