नेपालसँगको खेलमा ब्याटिङ गर्दै नेदरल्यान्ड्स
त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत नेपालसँगको खेलमा नेदरल्यान्ड्स पहिले ब्याटिङ गर्दै छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेदरल्यान्ड्सले ब्याटिङ रोजेको हो। त्रिदेशीय शृंखलाको आज चौथो खेल हुँदै छ।
यसअघि भएका तीन खेलमा नेदरल्यान्ड्सले एक खेल जितेको छ भने थाइल्यान्डले दुई खेल जितेको छ। नेपालले दुवै खेल हारेको थियो।
दुई खेल जितेको थाइल्यान्ड चार अंक सहित शीर्षस्थानमा छ। एक खेल जितेको नेदरल्यान्ड्स दुई अंक सहित दोस्रो स्थानमा छ भने नेपाल अंकविहीन छ।