सामसङको बिस्पोक एआई लन्ड्री नेपाली बजारमा
सामसङको नयाँ बिस्पोक एआई लन्ड्री वाशिङ मशिन नेपाली बजारमा आएको छ।
सामसङ नेपालले नौ किलोग्राम फ्रन्ट-लोड वाशिङ मशिन बजारमा ल्याएको हो। यो वाशिङ मशिन ठूलो लोडका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ।
यस वाशिङ मशिनमा उपभोक्तालाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ। एआई एनर्जी, एआई कन्ट्रोल, एआई इको बबल र सुपर स्पीड जस्ता उन्नत प्रविधि सहित वाशिङ मशिनद्वारा लुगा धुन सहज बनाइएको जनाइएको छ।
यसमा लुगा धुने प्रक्रियालाई प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउन एआई एनर्जी मोड समावेश गरिएको छ। सामसङका यी वाशिङ मशिनमा २० वर्षको वारेन्टी छ।
यी वाशिङ मशिन दुई मोडलमा उपलब्ध छन्। एक लाख एक हजार ९९० रुपैयाँबाट मूल्य शुरू हुने कम्पनीले जनाएको छ। त्यस्तै, २० प्रतिशतसम्म क्यासब्याक सहित स्पेशल अफर ल्याएको छ भने शून्य प्रतिशत ब्याजमा सामसङ इन्स्टा फाइनान्सबाट ईएमआई अफरमा पनि मशिन खरीद गर्न सकिन्छ।