फेरि घट्यो सुनको मूल्य
डेढ महीनादेखि लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला एक हजारले घटेको छ । छापावाला सुनको मूल्य ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार १०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १०० रहेको थियो ।
चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा शुक्रबार चाँदी प्रतितोला १० ले घटेर ८८५ निर्धारण भएको छ ।