च्याम्पियन्स लिगको ड्र सार्वजनिक (तालिका सहित)
यूरोपेली च्याम्पियन्स लिगको ड्र सार्वजननिक गरिएको छ । सार्वजनिक तालिकाअनुसार डिफेन्डिङ च्याम्पियन लिभरपुल समूह ‘ई’मा परेको छ ।
ड्र अनुसार, समूह ‘ए’मा सफल टीम रियल मड्रिड, फ्रान्सको पीएसजी, बेल्जियमको क्लब ब्रुगे र टर्कीको गलातासारे छन् ।
समूह ‘बी’मा बेल्जियमको रेड स्टार बेल्ग्रेड, जर्मन क्लब बायर्न म्यूनिक, गत संस्करणको उपविजेता इंग्लिस क्लब टोटनहाम र ग्रीसको ओलम्पियाकोस छन् ।
समूह ‘सी’मा इंग्लिस क्लब म्यान्चेष्टर सिटी, युक्रेनको शाक्टर डोनेस्टक, क्रोएसियाको डाइनामो जाग्रेव र इटालियन क्लब एटलान्टा छन् ।
समूह ‘डी’मा इटालियन क्लब युभेन्टस, स्पेनिस जायन्ट एट्लेटिको मड्रिड, जर्मन क्लब बायर लिभरकुसेन र रसियन क्लब लोकोमोटिभ मस्कोभा छन् ।
समूह ‘ई’मा लिभरपुलसँगै इटालियन क्लब नापोली, अष्ट्रियाको साल्ज्बर्ग र बेल्जियमको जेन्क छन् ।