मेसीलाई उत्कृष्ट स्ट्राइकरको उपाधि, राेनाल्डाे खाली हात
यस पटकको यूईएफए उत्कृष्ट स्ट्राइकरको उपाधि बार्सिलोनाका लियोनल मेसीले जितेका छन् ।
तर, पाँच पटक आफैंले जितेको यूईएफए वर्ष खेलाडी भने जित्न सकेनन् । आफ्नै छेऊमा बसेका क्रिश्चियानो रोनाल्डो र मेसीलाई पछि पार्दै लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइकले यो उपाधि जिते ।
भ्यान डाइकले उत्कृष्ट डिफेन्डरको उपाधि समेत जिते ।