मेसी र रोनाल्डो पछि पार्दै भर्जिल बने वर्ष खेलाडी
यस पटकको यूईएफए वर्ष खेलाडी घोषणा भएको छ । दशक लामो प्रतिश्पर्धी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक वर्ष खेलाडी बनेका छन् ।
भर्जिलले उत्कृष्ट डिफेन्डरको उपाधि समेत जिते । मेसीले उत्कृष्ट स्ट्राइकरको उपाधि जिते भने रानोल्डो खाली हात बने ।
मेसी र रोनाल्डोले पाँच/पाँच पटक पालैपालो जितेको यो पदक गत वर्ष भने क्रोयसियाका लुका मोड्रिचले जितेका थिए । तर, यसपटक भने नेदरल्याण्डका डिफेन्डर भर्जिलले यो पदक जितेका हुन् ।