कुलमानको समर्थनमा काठमाडौंमा जुलुश
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा काठमाडौं जुलुश प्रदर्शन भएको छ ।
‘भ्रष्टहरुको जालो तोड्दै लोडसेडिङको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौं’ भन्ने नारासहित उज्यालो नेपालको आयोजना र विवेकशील नेपाली दलको व्यवस्थापनमा र्यालीसहित प्रदर्शन भएको हो ।
भृकुटी मण्डपबाट आज अपराह्न शुरु भएको र्याली खुल्लामञ्चमा पुगी सभामा परिणत भएको थियो ।
विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएलगत्तै लोडसेडिङ हटाएर घिसिङ चर्चामा आएका छन् ।