जनकपुरका मिलन्थाको अर्धशतक
जनकपुर बोल्ट्सका प्रारम्भिक ब्याटर लाहिरु मिलन्थाले अर्थशतक प्रहार गरेका छन्।
नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा मिलन्थाले सुदूरपश्चिम रोयल्स विरुद्ध अर्धशतक प्रहार गरेका हुन्। उनले ३१ बलमा ६ चौका र दुई छक्का प्रहार गरे।
एनपीएलमा यो उनको दोस्रो अर्धशतक हो। उनले ४९ बलमा नौ चौका र चार छक्काको मद्दतले ८७ रन बनाए।
प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडीमा उनी चौथो नम्बरमा छन्। अहिलेसम्म उनले २५४ रन बनाएका छन्।
सबैभन्दा बढी रन बनाउनेमा पहिलो नम्बरमा चितवनका रवि बोपारा छन्। उनले २८६ रन बनाएका छन्। त्यस्तै, विराटनगर किंग्सका रोहित पौडेलले २७९ र सुदूरपश्चिम रोयल्सका सैफ जैबले २७५ रन बनाएका छन्।
फाइनल खेलमा सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले राम्रो शुरूआत गरेको छ। जनकपुरले १० ओभरमा दुई विकेटको क्षतिमा १०५ रन बनाएको छ।