मेसी अझै एक महीना मैदान बाहिर रहने
बार्सिलोनाका स्ट्राइकर लियोनेल मेसी अझै एक महीना मैदान बाहिर नै रहने संभावना बढेको छ ।
चोटका कारण यो सिजनको ला लिगामा मेसी मैदान बाहिर नै रहँदै आएका छन् । तालिमका क्रममा घाइते भएका मेसी प्रशिक्षणमा फर्कने चर्चा चलेको थियो ।
तर, प्रशिक्षणमा तत्काल नफर्कने र एक महीना कुनै खेल नखेल्ने संभावना बढेको छ । उनको टीम बार्सिलोना भने एक खेलमा हार र एक जितको अवस्थामा छ ।
अर्जेन्टिनाबाट खेल्नका लागि भने उनलाई तीन महीनाका लागि निलम्बन गरिएको छ ।