क्यासिनो माजोङलाई चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड
सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले चौथो पटक ‘बेस्ट क्यासिनो इन साउथएशिया’ अवार्ड पाएको छ।
भारत नयाँ दिल्लीस्थित ‘होटल द सूर्य’ मा आयोजित १९औं टुरिज्म, ट्राभल एन्ड हस्पिटालिटी अवार्ड कार्यक्रममा क्यासिनो माजोङलाई यो अवार्ड प्रदान गरिएको हो। कार्यक्रममा क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठलाई अवार्डबाट सम्मानित गरिएको छ।
दिल्लीमा आयोजना हुँदै आएको ‘हस्पिटालिटी अवार्ड’ कार्यक्रममा यसअघि सन् २०२३, २०२२ र २०१९ मा क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथएशिया’ र सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको थियो। २५ वर्षदेखि पर्यटन व्यवसायमा आबद्ध श्रेष्ठ क्यासिनो, होटल तथा रिजोर्टस्, ट्राभल लगायत व्यवसायमा संलग्न छन्।
त्यस्तै, क्यासिनो माजोङ नेपालगन्जले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको छ। यसअघि सन् २०२३ मा पनि यो अवार्ड पाएको थियो। क्यासिनो माजोङ नेपालगन्जका महाप्रबन्धक निरजकुमार प्रधान ‘बेस्ट क्यासिनो जनरल मेनेजर इन साउथएशिया’ अवार्डबाट सम्मानित भएका छन्।
भारतको राजधानी नयाँ दिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया पब्लिकेसन्स ग्रूप’ ले बर्सेनि संसारभरका होटल र क्यासिनोलाई अवार्ड वितरण गर्दै आएको छ। दक्षिणएशियाको हस्पिटालिटी क्षेत्रलाई प्रवर्द्धन गर्न अवार्ड कार्यक्रम गरिंदै आएको छ।