नाडा अटो शो शुरू (तस्वीरहरू)
नाडा अटोबोइल्स एशोसिएसन अफ नेपालको नाडा अटो शो शुरु भएको छ ।
नाडा अटो शो २०१९ मा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा र सम्बन्धित सरोकारवाला संघसंस्थाहरुको सहभागिता छ । आगामी १५ भदौसम्म चल्ने मेलाको अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गरे ।
१४औं संस्करणको मेलाको प्रदर्शनी भृकुटीमण्डपको कभर्ड हल, ठूलो चौर र बचैंचामा समेत राखिनेछ । प्रदर्शनीले अटो व्यवसायी, ग्राहक र गाडी प्रेमीहरुलाई लाभ पुग्ने विश्वास नाडाले लिएको छ ।