साफ यू–१५ मा नेपाल बंगलादेशसँग भिड्दै
भारतमा जारी साफ यू–१५ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग भिड्दैछ ।
खेल दिउँसो सवा तीन बजेबाट शुरु हुनेछ । नेपाल बंगलादेशसँगको खेल जित्दै अर्को चरणमा प्रवेशको ढोका खोल्न चाहन्छ ।
बंगलादेश पनि अपराजित यात्रा कायमै राख्ने रणनीतिमा छ । नेपालले यसअघि एक खेलमा जित र अर्काेमा पराजय बेहोरेको छ ।
पाँच–शून्य गोल अन्तरले भारतसँग पराजित भएको नेपालले श्रीलंकालाई भने दुई–शून्य गोल अन्तरले पराजित गरेको छ । बंगलादेश भने दुवै खेलमा अपराजित छ ।