ब्राजिल र अर्जेन्टिनाका खेलाडीसँग भिड्दै नेपाल
कतारमा हुने विश्वकप फुटबल–२०२२ छनोट खेलको तयारीमा रहेको नेपालले सोमबार मलेसियाको जोहोर दारुल टाजिमसँग मैत्रीपूर्ण प्रतिष्पर्धा गर्दैछ ।
विश्वकप छनोटको तयारी खेल नै नेपालले बलियो टीमसँग खेल्न लागेको छ । नयाँ कप्तान सुजल श्रेष्ठको नतेतृत्वमा रहेको नेपालले एएफसी कप च्याम्पियन जोहोरसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।
जोहोर सन् २०१४ देखि २०१९ सम्म मलेसियन लिगको उपाधि जितेतासँगै सन् २०१५ को एएफसी कप च्याम्पियन हो । जोहोर बलियो हुनुमा ब्राजिलियन खेलाडी डीओगो र अर्जेन्टिनी खेलाडी काब्रेरा टीममा हुनु हो ।
नेपालले सोमबार यिनै ब्राजिलियन र अर्जेन्टिनी खेलाडीको सामना गर्नुपर्नेछ । जोहोरको टीममा ब्राजिलियन खेलाडी डीओगो र अर्जेन्टिनी खेलाडी काब्रेरा छन् । काब्रेरा अर्जेन्टिनाकै लिग खेलिसकेका खेलाडी हुन् ।
नेपाली टीममा भने अनुभवी कप्तान विराज महर्जनसँगै गोल किपर किरण लिम्बु र स्ट्राइकर भरत खवास समेत छैनन् । नेपालले आगामी १९ भदौमा विश्वकप छनोट अन्तर्गत कुवेतसँग खेल्दैछ ।