ग्रिजम्यानको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको जित
स्पेनिस ला लिगामा साविक विजेता बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको छ ।
खेलको शुरुमै अग्रता बनाएको बेटिसविरुद्ध ग्रिजम्यानले उत्कृष्ट प्रदर्शन गरे ।
बेटिसले खेलको १५औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो ।
तर, पहिलो हाफको अन्त्यतिर ग्रिजम्यानले गोल गर्दै बार्सिलोनाले खेलमा फर्काए । दोस्रो हाफको पाँच मिनेट नबित्दै फेरि ग्रिजम्यानले अर्को खेल गरे ।
दुई–एकको अग्रता तय गरिसकेको बार्सिलोनाका लागि ५६औं मिनेटमा कार्ल्स परेज र ६०औं मिनेटमा जोर्दी अल्बाले गोल गरे ।
खेलको ७७औं मिनेटमा अर्टुरो भिडालले गोल गर्दै बार्सिलोनाले ५–१ को फराकिलो अग्रता बनायो । बेटिसका लोरेनले मोरोनाले गोल फर्काए पनि हार टार्न भने सकेनन् ।