खेलकुदसोमबार, ९ भाद्र , २०७६

घरेलु मैदानमै विश्व स्टार हेरी केन स्तब्ध

हिमालखबर

इंग्लिस प्रिमियर लिगको उपाधि दावेदार टीम टोटनह्यामले आइतबार शीर्ष डिभिजनमा बढुवा भएको न्यूकासल युनाइटेडसँग अप्रत्यासित पराजय ब्यहोरेको छ ।

घरेलु मैदान टोटनह्याम हट्सपर रंगशालामा आइतबार राति भएको खेलमा न्यूकासलले टोटनह्यामलाई एक शून्य गोलले पराजित गरी लिगमा पहिलो जित हासिल गरेको हो ।

न्यूकासलले लिगमा यसअघिका दुवै खेल हारेको थियो । टोटनह्यामले एक जित र एक बराबरी खेलेको थियो ।

खेलको २७औं मिनेटमा जोयलिन्टोनले गरेको गोल नै न्यूकासलको जीतमा निर्णायक बन्यो । 

प्रतिकृया दिनुहोस