पुरानो गाडीसँग टाटा टियागो ईभी साट्ने अफर
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीसँग एक्सचेन्ज अफर ल्याएको छ।
यो अफर अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिनेछ। नेपाली ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुचि तथा चाहनालाई ध्यानमा राखेर एक्सचेन्ज अफर ल्याइएको कम्पनीले जनाएको छ।
टाटा मोटर्सको थापाथली लगायत देशैभरि रहेका शोरूममा साउन २५ देखि २७ गतेसम्म एक्सचेन्ज कार्यक्रम सञ्चालन हुनेछ। यससँगै निःशुल्क अटोप्लस इन्सुरेन्स, तीन वर्षको सर्भिसिङ, एक वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायत सुविधा पनि प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।
यो अफर अवधिमा टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ पनि गर्न सकिनेछ।