टाटाको गाडीमा ८.८२ प्रतिशत ब्याजमा फाइनान्स सुविधा
सिप्रदी ट्रेडिङ प्रालि र नेपाल इन्भेस्टमेन्ट मेगा ब्यांकबीच विद्युतीय सवारी कर्जाका लागि सम्झौता भएको छ।
सम्झौता अनुसार टाटाका विद्युतीय गाडी खरीद गर्दा ८.८२ प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा पाइनेछ। टाटा टियागो ईभी, नेक्सन ईभी, टिगोर ईभी र नेपालमा बहुप्रतिक्षित टाटा पञ्च ईभीमा सात वर्षसम्म यो सुविधा प्राप्त गर्न सकिनेछ।
गाडीको फाइनान्स सुविधा पनि सहज र झन्झटरहित तरीकाले प्रदान गरिने जनाइएको छ। तीन कार्यदिनभित्र कारोबार रकमको ८० प्रतिशतसम्म फाइनान्सको सुविधा प्राप्त हुनेछ।