यस्तो छ एमाले केन्द्रीय कमिटीका ३५५ जनाको जिम्मेवारी
उपाध्यक्ष, दुई स्थायी कमिटी सदस्य र १७ केन्द्रीय सदस्य मनोनीत गरेको नेकपा (एमाले)ले केन्द्रीय कमिटीका सबैको जिम्मेवारी निर्धारण गरेको छ।
बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले सुवास नेम्वाङको निधनपछि रिक्त रहेको उपाध्यक्ष पदमा गुरुप्रसाद बराललाई मनोनीत गरेको छ। नवनियुक्त उपाध्यक्ष बरालले संसदीय मामला, संयोजन, सुशासन र सेवा प्रवाह सम्बद्ध विभागको जिम्मेवारी पाएका छन्।
मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको बैठकले १७ जनालाई केन्द्रीय कमिटीमा बढुवा गरेको छ।
बैठकले सातमध्ये पाँच प्रदेश इन्चार्ज परिवर्तन गरेको छ। कोशीमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्।
यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट प्रदेश इन्चार्ज रहेका थिए। महासेठ परराष्ट्र विभाग प्रमुख, भट्टराई संसदीय विभाग प्रमुख र विष्ट भौतिक पूर्वाधार तथा यातायात विभाग प्रमुख बनेका छन्।
लुम्बिनी इन्चार्ज पद्मा अर्याल र सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको जिम्मेवारी भने यथावत् छ।
एमाले केन्द्रीय कमिटीको कार्यविभाजनः