एनसेलको ‘बिज सधैं अन’ प्रयोगकर्तालाई लायन्सगेट प्ले
एनसेलले ‘बिज सधैं अन’ प्रयोग गर्ने ग्राहकलाई उच्च गुणस्तरका कन्टेन्ट प्रदान गर्न लायन्सगेट प्लेसँग सहकार्य गरेको छ।
लायन्सगेट प्ले भारतको लायन्सगेट इन्डिया र स्टार्जबाट पाइने प्रिमियम स्ट्रिमिङ सेवा हो। यस प्लेटफर्ममा विभिन्न किसिमका प्रिमियम कन्टेन्ट उपलब्ध छन्।
बिज सधैं अनको सदस्यता लिएका उपभोक्तालाई बन्डल सेवाका रूपमा विशेष सामग्रीमा पहुँच पुर्याउन सहकार्य गरिएको एनसेलले जनाएको छ। स्ट्रिमिङ पार्टनरका रूपमा लायन्सगेटसँग सहकार्य शुरू भएपछि ‘बिज सधैं अन’ का ग्राहकबाट सकारात्मक प्रतिक्रिया आइरहेको एनसेलका हेड अफ बिजनेश सोलुसन्स रञ्जन शर्माले बताए।
लायन्सगेट प्लेमा हलिउडका हिट फिल्मदेखि टीभी सो, लायन्सगेट ब्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र, बालबालिका र पारिवारिक सामग्री छन्। विश्वस्तरीय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्सगेट प्ले ल्याउन पाउँदा खुशी भएको लायन्सगेट प्ले एशियाका अध्यक्ष, रोहित जैनले बताए।
लायन्सगेट प्लेमा पहुँच लिनका लागि एनसेल प्रयोगकर्ताले सर्भिस प्लानलाई *१२३# डायल गरेर वा एनसेल एपमा गई अपग्रेड गर्न सक्नेछन्। लायन्सगेट प्ले एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र अमेजोन फायरस्टिक मार्फत डाउनलोड गर्न पनि सकिन्छ।