लुकाकु बिनाको खेलमा घरेलु मैदानमै युनाइडेट पराजित
इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेड घरेलु मैदानमा क्रिष्टल प्यालेससँग २–१ गोल अन्तरले पराजित भएको छ ।
पहिलो हाफमै क्रिष्टलले अग्रता लिएको थियो । ३२औं मिनेटमा क्रिष्टलका जोर्डन अवीले गोल गर्दै युनाइटेडलाई पछि पारेको थियो । तर, अन्तिम समयमा युनाइटेडले बराबरी गरेको थियो ।
८९औं मिनेटमा डेनियल जेम्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर, अतिरिक्त समयमा क्रिष्टलले गोल गरेपछि युनाइटेड पराजित पराजित भयो । यो खेलमा युनाइटेडमा स्ट्राइकर रुमेलु लुकाकु भने खेलेका थिएनन् ।