संक्रान्ती वजारमा आगलागीः २८ घर जले
तेह्रथुमको संक्रान्ती बजारमा आज विहान भएको आगलागीमा २८ घर ध्वस्त भएका छन ।
आगो नियन्त्रणमा लिन गाह्रो भएपछि थप फैलिन नदिन ३ वटा घर भत्काइएको आगो नियन्त्रणका लागि पाँचथरवाट घट्नास्थल पुगेका पाँचथरका प्रहरी निरिक्षक रिपेन्द्रवहादुर सिंहले जानकारी दिए ।
विहान साढे नौ वजे स्थानीय अग्नी सेढाईको घरवाट शुरु भएको आगो चार घण्टापछि फिदिमवाट गएको दमकलका सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीमा रत्न गहतराज, रेवती भट्टराई, कविता लिम्बू, रमेश सिटौला, जयेन्द्र तामाङ, लिलादेवी श्रेष्ठ, दिपेश प्रसाई, खड्ग पयाङवु, सानुकुमार चोङवाङ, सुभद्रा बानियाँ, होम सिटौला, हिमलाल थापा, इन्द्र गौतम, खड्ग आले, वुद्वी गुरुङ, नारायणी गुरुङ, वद्री सेढाई, सूर्य गुरुङ, अमृत गहतराज र अग्नी सेढाई सहित २८ घर जलेका हुन् ।
आगो नियन्त्रणका क्रममा थप ३ वटा भत्काइएकासँग क्षति भएका घरको संख्या ३१ पुगेको प्रहरीले जनाएको छ ।
आगो लाग्नुको कारण भने खुल्न सकेको छैन ।
ती घरमा व्यापार व्यवसाय गर्नेहरुको तथ्यांक पनि यकिन भएको छैन । क्षतिको विवरण संकलन गर्न थालिएको प्रहरीले जनाएको छ ।
लक्ष्मी गौतम, पाँचथर