नेपाल भारतसँग ६ विकेटले पराजित
एसीसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल भारतसँग छ विकेटले पराजित भएको छ ।
श्रीलङ्काको कोलम्बो क्रिकेट क्लबको खेल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७२ रन जोड्यो । जवाफी ब्याटिङमा उत्रेको भारतले ३३ दशमलव ३ ओभरमा चार विकेट गुमाउदै १७४ रन बनायो ।
भारतका लागि शुभम गिलले ५७ रन, हिमांशु रानाले ५१ तथा प्रियम रागले ३६ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन तथा कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।
यसअघि नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ६८ रनको योगदान दिए । दीपेन्द्रसिंह ऐरीले ३४, ओपनर आसिफ शेखले १८, प्रकाश केसीले १३ तथा कप्तान सन्दीप लामिछानेले ७ रन जोडे । बलिङतर्फ भारतका राहुल चाहरले पाँच विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनाएको थियो ।
राम्रो सुरुवात गरेको नेपाल १० दशमलव २ ओभरमा पहिले विकेटका रुपमा सन्दीप सुनारलाई ३६ रनमा गुमाएपछि सम्हालिन सकेन ।
लगातर विकेट झर्दै गएपछि नेपालले १७२ रन मात्रै बनाउन सक्यो । नेपालका लागि रोहित कुमार पौडेलले ६८ रन बनाएर नेपाललाई १७२ रनसम्म पुर्याए ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ३४, आसिफ सेखले १८ र प्रकाश केसीले १३ रन बनायो । अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् ।
भारतका लागि राहुल चहरले १० ओभरमा २७ रन दिएर ५ विकेट लिए । त्यस्तै कमलेश नगरकोटी, यस ठाकुर, आयुष जमवल, हिमान्सु रानाले एक/एक विकेट लिए ।