संशोधन विधेयकको विरोधमा बाँके पनि ठप्प
संविधान संशोधन विधेयकको विरोधमा बाँकेमा आजदेखि फेरि आन्दोलन शुरु भएको छ ।
एमाले लगायतका दल र अन्य संस्थाहरु सम्मिलित संयुक्त संघर्ष समितिले विधेयकको विरोधमा आज बिहानैदेखि नेपालगञ्ज र कोहलपुर बजार ठप्प पारेका छन् ।
फाट्टफुट्ट चलेका केही मोटरसाइकलहरुबाहेक राजमार्ग पनि सुनसान भएको छ । भित्री सडक र बजारहरु भने निर्वाध संचालनमा छन् । बन्द गराउँदै सडकमा ओर्लिनेमा अधिकांश एमालेका कार्यकर्ताहरु देखिन्छन् ।
संविधान संशोधन विधेयक संसदमा दर्ता भएपछि ५ नम्बर प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन हुँदै आएको छ ।
केशव राना, बाँके