यू–१९ एसिया कप खेल्ने टीम घोषणा, सन्दीप, आसिफ र सूर्यको पुनरागमन
यू–१९ एसिया पक क्रिकेट खेल्ने नेपाली टीमको घोषणा गरिएको छ । रोहितकुमार पौडेलको कप्तानीमा घोषणा गरिएको टीममा सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङ पुनरागमन गर्न सफल भएका छन् ।
टीममा ऋत गौतम, पवन शरार्फ, भीम सार्की, हरिबहादुर चुहान, कुशल मल्ल, रासिद खान, कमलसिंह ऐरी, सागर ढकाल, खडकबहादुर बोहोरा, लोकेशबहादुर बम र प्रतिश जिसी छन् ।
टीमबाट विशालविक्रम केसी र तिलकराज भण्डारी भने बाहिरिएका छन् । २० भदौबाट शुरु हुने खेलमा नेपालको पहिलो प्रतिश्पर्धा आयोजक श्रीलंकासँग हुनेछ ।