स्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली सिंगापुर जाँदै
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गर्दैछन् ।
स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्किएको १० दिनपछि फेरि सिंगापुर प्रस्थान गर्न लागेका हुन् । नेसनल युनिभर्सिटी हस्पिटलमा प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण हुनेछ ।
१२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपन गराएका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । । भारत र बैंककमा स्वास्थ्य परीक्षण गराउँदै आएका प्रधानमन्त्री ओली गत १८ साउनमा सिंगापुर गएका थिए ।
स्वास्थ्य परीक्षण गराएर २७ साउनमा मात्रै स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई ३० साउनमै फेरि समस्या देखिएको थियो । यसपछि चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली बिहीबार दिउँसो १ बजे सिंगापुर प्रस्थान गर्दैछन् ।
सिंगापुरमा कति बस्नुपर्ने र कस्तो उपचार हुन्छ भन्नेबारे केही खुलाइएको छैन । प्रधानमन्त्री ओलीकाे स्वास्थ्य अवस्थाबारे अनेकन अड्कलबाजी भइरहेका छन् । तर, प्रधानमन्त्रीकाे सचिवालयले प्रष्ट केही भनेकाे छैन ।
सिंगापुरबाटै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक राख्ने !