घरेलु मैदानमा लज्जास्पद हारसँगै प्रतियोगिताबाट बाहिरियो नेपाल
काठमाडौंमा जारी एभिसी सेन्ट्रल जोन भलिबल खेलमा नेपाल लज्जास्पद हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समुह चरणमा कुनै पनि सेट जित्न नसक्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह ‘ए’मा रहेको नेपाल माल्दिभ्स र किर्गिस्तानसँग सोझो सेटमा पराजित भए । किर्गिस्तानसँग मंगलबारको खेलमा माल्दिभ्स पराजित भएपछि नेपाल लयमा फर्कनेमा आशा गरिएको थियो ।
तर, माल्दिभ्ससँग पनि नेपाल सोझो सेटमा पराजित भए । माल्दिभ्ससँग नेपाल २२–२५, २२–२५ र १४–१५ ले पराजित हुन पुग्यो । नेपाललाई दोस्रो खेलमा पराजित गर्दै माल्दिभ्स सेमीफाइनल प्रवेश गरेको छ ।
पहिलो खेलमै किर्गिस्तानसँग सोझो सेटमा पराजित नेपाल भने घरेलु मैदानमा इतिहास रच्ने अवसर गुमाउँदै प्रतियोगितबाट बाहिरिन पुग्यो ।