प्रधानमन्त्री भेट्न बालुवाटार पुगे जयशंकर (तस्वीरहरु)
भारतीय विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट जयशंकर बालुवाटार गएका थिए ।
जयशंकर बुधबार दिउँसो नेपाल आइपुगेका हुन् । उनलाई स्वागत गर्न परराष्ट्र सचिव शंकरदास वैरागी र नेपालका लागि भारतयि राजदूत मञ्जिवसिंह पुरी त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए ।
विदेशमन्त्री जयशंकर बुधबार र बिहीबार काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सामेल हुन नेपाल आएका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् ।