भारतीय विदेशमन्त्री नेपाल आउँदै
भारत सरकारको विदेशमन्त्री बनेपछि पहिलो पटक एस जयशंकर नेपाल आउँदैछन् ।
विदेश सचिवका रुपमा थुप्रै पटक नेपाल आएका र नेपाली मामलाबारे सम्वाद गरेका जयशंकर विदेश मन्त्रीका रुपमा पहिलो पटक नेपाल आउँदैछन् ।
विदेशमन्त्री जयशंकर बुधबार र बिहीबार काठमाडौंमा हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सामेल हुन नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र समकक्षी जयशंकरले बैठकको अध्यक्षता गर्नेछन् ।
बैठकमा द्विपक्षीय सम्बन्धसहित आर्थिक, ब्यापार तथा पारवहन, ऊर्जा, शिक्षालगायतबारे छलफल हुनेछ ।