थप उपचारका लागि ५ भदौमा प्रधानमन्त्री सिंगापुर जाने
प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि ५ भदौमा सिंगापुर जाने मिति तय भएको छ ।
२६ साउनमा स्वदेश फर्किएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा फेरि समस्या देखिएपछि ५ भदौमा सिंगापुर जाने मिति तय भएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ । यसअगाडि भने प्रधानमन्त्रीका सचिवालय प्रधानमन्त्री सिंगापुर जाने खबरको खण्डन गर्दै आएको थियो ।
त्यसअगाडि प्रधानमन्त्रीले सर्वदलीय बैठक र पार्टी सचिवालयको बैठक समेत बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो तीन बजे नेकपा सचिवालय बैठक र साँझ ५ बजे सर्वदलीय बैठक बोलाएका छन् ।