रवि लामिछाने पक्राउ, के हुन्छ कानूनी प्रक्रिया ?
टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
लामिछाने र युवराज कँडेल बिहीबार साँझ न्यू २४ टेलिभिजनको कार्यालयबाट पक्राउ परे भने अस्मिता कार्की कंलकीबाट पक्राउ परेकी थिइन् । तीनै जनालाई प्रहरीले चितवन लैजाँदैछ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछानेसहित तीन जनाबारे निकै चासो देखाइएको छ । प्रहरीको दश दिन लामो अनुसन्धानपछि लामिछानेसहित तीन जना पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार तीनै जनालाई शुक्रबार बिहान चितवन जिल्ला अदालतमा म्याद थप गरिनेछ । ती प्रहरी अधिकृतका अनुसार अदालतमा अनुसन्धानका लागि १० दिनका लागि म्याद थपको माग गरिनेछ ।
कति दिन प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गर्ने भन्ने अदालतकै फैसलामा भर पर्छ । तर, अनुसन्धान लम्बिदै जाँदा पटक–पटक म्याद थपका लागि अदालतसँग माग गरिनेछ ।
बढीमा २५ दिन बढी प्रहरीले नियन्त्रणमा राख्न सक्दैन । त्यो अवधिभित्रै अनुसन्धानले ठोस् रुप लिनेछ । त्यसपछि भने तीन वटा निर्णय हुन्छ । दोषी वा निर्दोष भन्ने फैसला अदालतले गर्छ ।
तर, २५ दिनभित्रै लामिछानेसहित तीन जनाबारे निर्णय हुन्छ । धरौटीमा छुट्ने, सामान्य तारेखमा रहने अथवा पूर्पक्षका लागि जेल चलान ।