अध्यक्ष ओली अस्वस्थ भएपछि नेकपा बैठक स्थगित
प्रधानमन्त्री एमव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि सचिवालय बैठक स्थगित भएको छ ।
लगातार स्थगित हुँदै आएको सचिवालय बैठकका लागि नेताहरु बालुवाटार पुगिसकेका थिए । तर, अध्यक्ष ओलीको स्वास्थ्यमा समस्या देखिएको भन्दै नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक शुक्रबार दिउँसो तीन बजेका लागि बोलाइएको बताए ।
स्वास्थ्य समस्या देखिएकाले बैठक स्थगित गरिएको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए । प्रधानमन्त्री ओली २६ साउनमा मात्रै सिंगापुरबा उपचार गरेर स्वदेश फर्किएका थिए ।