मकवानपुरमा तीन वर्षे इन्द्रायणी मेला (फोटो फिचर)
शब्द/तस्वीर: सुरजकुमार भुजेल, मकवानपुर
मकवानपुरको थाहानगरस्थित इन्द्रायणी चौरमा तीनवर्षे मेला शुरु भएको छ । २८ मंसीरबाट शुरु भएको मेला तीन दिनसम्म सञ्चालन हुनेछ ।
सत्य युगमा देवता र दानवबीच युद्ध हुँदा देवराज इन्द्रकी पत्नी इन्द्रायणी सुरक्षाका लागि यसस्थानमा आएको किम्वदन्तीसँग यो मेला जोडिएको स्थानीय बताउँछन् ।
देउला र नेवार समुदायको सक्रियतामा सञ्चालन हुने यो मेलाको पहिलो दिन २८ मंसीरमा पालुङबाट कुमारी, इन्द्रायणी, कालाभैरव र गोपाली गाउँबाट सेती गणेशको रथ इन्द्रायणी चौरमा ल्याइएको छ ।
२९ मंसीरमा मुख्यपुजा र ३० दिनमा तान्त्रिक विधिबाट पूजा गरी मेलाको समापन हुनेछ ।
२८ मंसीर साँझ स्थानीयहरु दीप प्रज्वलनसँगै भजन किर्तन गरी रातभर जाग्राम बसेका छन् ।