समाचार सोमबार, साउन २७, २०७६

सार्वजनिक यातायातमा अपशब्द बोले पाँच हजारसम्म जरिवाना

हिमालखबर

भौतिक योजना तथा यातायात मन्त्री रघुबीर महासेठले राष्ट्रिय सभामा उपत्यका सार्वजनिक यातायात प्रमाणिकरण गठन सम्बन्धी विधेयक पेश गरेका छन् ।

विधेयकले सार्वजनिक यातायात सुधारको प्रयाससहित विधेयक तयार भएको मन्त्री महासेठले बताएका छन् । उक्त विधेयकमा समेटिएको एउटा विषय छ– सार्वजनिक यातायातमा अपशब्द बोल्न पाइदैन ।

विधेयकले कसैले अपशब्द बोले कार्बाहीको व्यवस्था गरेको छ । विधेयकको प्रावधानअनुसार, कसैले सार्वजनिक यातायातमा अपशब्द बोले एक हजारदेखि पाँच हजारसम्म जरिवाना हुनेछ ।

विधेयकमा भाडा नतिर्ने यात्रु, कम भाडा उठाउन अनाआवश्यक सहुलियत दिने, जेष्ठ नागरिक, आपांगता भएका व्यक्ति बालबालिका तथा यात्रुसँग अमर्यादित व्यवहार गर्नेलाई पनि जरिवाना गरिनेछ ।

प्रतिकृया दिनुहोस