समाचार सोमबार, साउन २७, २०७६

ओलीको सिंगापुर बसाइ लम्बिएपछि नेकपा बैठक स्थगित

हिमालखबर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाइ लम्बिएकाले सचिवालय बैठक स्थगित गरिएको छ । अध्यक्ष ओली सिंगापुरबाट सोमबार मात्रै स्वदेश फर्किएका छन् ।

स्वदेश फर्किएपछि मंगलबार अनौपचारिक सम्वाद आवश्यक भएको भन्दै अध्यक्ष ओलीले सोमबार साँझै सचिवालय सदस्यहरुलाई बैठक स्थगित भएको जानकारी पठाएका छन् ।

विभागीय जिम्मेवारीबारे नेकपामा सहमति जुट्न सकेको छैन । अन्य विभागको लगभग टुंगो लागेपनि स्कूल विभाग कसलाई दिने भन्नेमा विवाद छ ।

सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच स्कूल विभागमा दावी रहँदै आएकोमा अर्का नेता घनश्याम भूसाल र वेदुराम भुसालले पनि उक्त विभागमा दावी गरेका छन् ।

तर, अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले विदेश भ्रमणमा निस्कने भएपछि सचिवालय बैठक दुई साताका लागि स्थगित गरिएको थियो ।

नेकपाको केन्द्रदेखि स्थानीय तहसम्मको एकता टुंगिसकेको छ । तर, विभागीय प्रमुख नतोकिदा विषेशगरी जनवर्गीय संगठन सक्रिय हुन सकेका छैनन् ।

प्रतिकृया दिनुहोस