विरोध प्रदर्शनका कारण हङकङको विमानस्थलमा उडान बन्द
हजारौँको संख्यामा उत्रिएका प्रदर्शनकारीका कारण एशियाको व्यस्तमध्येको हङकङ विमानस्थलमा उडान बन्द भएको छ ।
गएको हप्ताको अन्त्यतिर प्रदशनकारी र प्रहरीबीच भएको झडपपछि हङकङमा स्थिति गम्भीर बनेको थियो ।
सोमबार बिहानैदेखि बढ्दो रूपमा भइरहेको प्रदर्शनका कारण एशियाको व्यस्त विमानस्थलमा उडान बन्द भएको हो ।
हङकङ विमानस्थल प्राधिकरणका अधिकारीहरूका अनुसार पहिल्यै उडानको तयारी गरिरहेका र अवतरणको तयारीमा रहेका उडानहरू भने स्थगित हुने छैनन् ।
सुपुर्दगी सम्बन्धी विवादास्पद विधेयक ल्याइएको विरोधमा शुरु भएको आन्दोलन ठूलो विरोधपछि सुपुर्दगी विधेयक स्थगित गरिए पनि त्यहाँकाे आन्दाेलन झनै चर्केकाे बताइएकाे छ।
विमानस्थलमा हजारौँ प्रदर्शनकारी जम्मा भएका छन् । प्रदर्शनकारी जम्मा भएका कारण विमानस्थल सञ्चालनकार्यमा गम्भीर असर परेको बताइएकाे छ ।